Tuesday, November 5, 2013

मार्तडी देखि कोल्टीसम्म पुनमसँगै फर्किँदा:

चैत २९ गते म मार्तडी देखि धनगढीका लागि हिँडे। दिउँसोको २ बजि सकेको थियो। त्यहाँबाट तिपडा पुग्न २ घण्टाको बाटो रहेछ। धनगढीका लागि अन्तिम बस ४ बजे छुट्छ भन्ने सुनेर म यसरी कुलेलाम ठोकेँ कि म ३:४५ मा तिपडा पुगिहालेँ। बस हिड्ने तरखर गर्दै रहेछ, हतार हतार बसमा चढी भोलिपल्ट बिहान ६ बजे म अत्तरिया गेटामा पुगेँ।



केही दिन ससुरालीमा बसेँ र पुनमसँगै नेपालगञ्ज गयौँ। नेपालगञ्जबाट जहाजको टिकट नपाएपछि पुन: हामी धनगढी फिर्ता भयौँ। २ दिन अरु ससुराल बसेर हामी मार्तडी तिर बसमा लाग्यौँ। भोलिपटक राजेन्द्र सर र जुवारीलाल सरसँग भेट भयो। सरहरूले बैङ्कमा खाता खोल्नु भएछ, र पर्सीपल्ट बिहानै ७ बजे हामी कोल्टीका लागि हिड्यौँ। तराईमा बस्ने पुनम त्यहिंमाथि त्यसरी कहिल्यै नहिँडेको मान्छे दिनभर लगातार हिँडिराखिन। करिब १२ घण्टाको यात्रा पछि बेलुका ७ बजेतिर हामी कोल्टी पुग्यौँ।

No comments:

Post a Comment