Today, we the inf Bajura team celebrated inf day here in Martadi, Bajura. Due to ongoing election process in Nepal, we were unable to invite the government officials. Our staffs were also stuck in various places due to bandha, only 4 people where attended the programme. Although we praised God and gave thanks to Him for His ongoing blessing for the people of Nepal.
Anosh in Bajura
Sunday, November 17, 2013
Tuesday, November 5, 2013
मार्तडी देखि कोल्टीसम्म पुनमसँगै फर्किँदा:
चैत २९ गते
म मार्तडी देखि धनगढीका लागि हिँडे। दिउँसोको २ बजि सकेको थियो। त्यहाँबाट तिपडा
पुग्न २ घण्टाको बाटो रहेछ। धनगढीका लागि अन्तिम बस ४ बजे छुट्छ भन्ने सुनेर म
यसरी कुलेलाम ठोकेँ कि म ३:४५ मा तिपडा पुगिहालेँ। बस हिड्ने तरखर गर्दै रहेछ,
हतार हतार बसमा चढी भोलिपल्ट बिहान ६ बजे म अत्तरिया गेटामा पुगेँ।
केही दिन
ससुरालीमा बसेँ र पुनमसँगै नेपालगञ्ज गयौँ। नेपालगञ्जबाट जहाजको टिकट नपाएपछि पुन:
हामी धनगढी फिर्ता भयौँ। २ दिन अरु ससुराल बसेर हामी मार्तडी तिर बसमा लाग्यौँ।
भोलिपटक राजेन्द्र सर र जुवारीलाल सरसँग भेट भयो। सरहरूले बैङ्कमा खाता खोल्नु
भएछ, र पर्सीपल्ट बिहानै ७ बजे हामी कोल्टीका लागि हिड्यौँ। तराईमा बस्ने पुनम
त्यहिंमाथि त्यसरी कहिल्यै नहिँडेको मान्छे दिनभर लगातार हिँडिराखिन। करिब १२
घण्टाको यात्रा पछि बेलुका ७ बजेतिर हामी कोल्टी पुग्यौँ।
कोल्टी देखि मार्तडीसम्मको पहिलो यात्रा:
दिउँसोको १२ बजेको थियो, २०६९ चैत २७ गते हाम्रो कार्यालयका बाँकी
सरसामानहरू Goma Air बाट
आईपुग्यो। म हतार हतार विमानस्थल गएँ। सबै सामानहरू कार्यालयमा पुर्याएर म र
जुवारीलाल सर मार्तडी जाने निर्णय गर्यौं।दिउँसो करिब १ बजे तिर हामी मार्तडीका
लागी हिड्यौं।बाटोमा
लालिगुराँस टन्नै फुलेको थियो, स्याउका फूलहरू पनि भर्खरै फूल्दै थिए।बेलुकी ७
बजेतिर हामी पाण्डुसेनमाथिको लेक परखेमा पुग्यौँ। बेलुकाको खाना खाएर हामी होटलमा
बस्यौँ।
भोली पल्ट बिहानै हामी मार्तडीको यात्रामा लाग्यौँ। बिहानको समय मलाई साह्रै गाह्रो भयो, काँध पुग्नु अगाडी मलाई बान्ता भयो, यो मेरो लागि सबैभन्दा कठिन यात्रा भयो। करिब २ बजेतिर लगभग १४ घण्टाको यात्रा पछी हामी मार्तडी आईपुग्यौँ। मार्तडी बजार पुरै टिनका खोकाहरूले बनेका थिए। माथिका बजार भने अलिक पक्की घरहरूले बनेका थिए।मार्तडी पुगेको भोलिपल्ट हामी कार्यालयको कामका लागि दौडियौँ। प्र.जि.अ. धनगढी जानु भएको रहेछ, त्यसकारण हाम्रो कार्यालयको बैङ्क खाता खोल्ने काम भएन, तर जि.प्र.का. बाट शाखा कार्यालयको कामको लागि स्विकृत लिएर म त्यही दिन चैत २९ गते मार्तडी देखि धनगढीका लागि हानिएँ।
पहिलो पटक कोल्टी, बाजुरामा आउँदा:
२०६९
फागुनको १५ गतेबाट म आई.एन.एफ. सुर्खेत कार्यक्रमबाट आई.एन.एफ. को नयाँ शाखा
कार्यालय कोल्टी, बाजुराको लागि नियुक्ति भएको थिएँ। पुनम र म पोखरामा लगभग २ हप्ता बस्यौं,
म सिमपानी अफिसमा जान्थें, पुनम दिनभर घरमा हुन्थी।चैत महिनामा हामी क्याम्प्सको
गाडीमा नेपालगञ्ज आयौँ।१ हप्ता जति हामी आई.एन.एफ. बाँकेको Guest House मा बस्यौँ, त्यसपछी मैले पुनमलाई माइत धनगढी
पठाएँ। म र जुवारीलाल सर नेपालगञ्जबाट Office को सामानहरू
लिएर वीरेन्द्रनगर, सुर्खेत आयौँ।
हामी सुर्खेतको विमानस्थल नजिकको Lodge मा बस्यौँ,
हरेक दिन जस्तो हामी विमानस्थल जान्थ्यौँ र Plane नजाने खबर
पाएर Lodge मा आउँथ्यौँ, यसरीनै ३ - ४ दिन बित्यो।यो
वर्षको Good Friday हामीले Church
नगईकन बितायौँ, अन्तत: हामी Easter
Sunday को दिन (२०६९ चैत १८, 31st March 2013)
वीरेन्द्रनगर, सुर्खेतबाट कोल्टी, बाजुराका लागि Goma Air
बाट उड्यौँ, यो मेरो पहिलो हवाई यात्रा थियो।

Subscribe to:
Posts (Atom)


